Logo

प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझावः संवैधानिक निकायको रिक्त पदमा नियुक्ति प्रक्रिया थाल्नुस्



काठमाडौं, २७ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक निकायका रिक्त सबै पदमा नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । आज (बिहीबार) विहान प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठकबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डलाई बालुवाटार बोलाएका थिए ।

छलफलका क्रममा प्रचण्डले सम्भव भएसम्म सबै रिक्त पदहरुमा भोलि नै नियुक्ति प्रक्रिया थाल्न भनेका हुन् । संवैधानिक नियुक्ति खाली राख्दा राम्रो सन्देश नजाने प्रचण्डको भनाइ छ । प्रधानमन्त्री ओलीले भोलि (शुक्रबार) बेलुका ५ बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्