Logo

विजय कृष्णमुर्तिले एक घण्टा लगाएर सार्वजनिक गरे कोटीहोमको आय-व्याय, आम्दानीभन्दा खर्च धेरै



काठमाडौं, २७ भदौ । गत असार २८ देखि साउन ३२ गतेसम्म पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको कोटीहोम महायज्ञको आय–व्याय सार्वजनिक गरिएको छ । मानव सेवा फाउन्डेसनलगायतका संस्थाहरुको आयोजनामा आयोजित उक्त महायज्ञको संकल्पकर्ता बाल योगेश्वर विजय कृष्णमुर्ति (विजय भण्डारी) थिए ।

कोटीहोम महायज्ञका क्रममा विभिन्न शीर्षकमा २० करोड १५ लाख ८२ हजार ४ सय ८० रुपैयाँ संकलन भएको बताइएको छ । त्यस्तै, भक्तजनहरुले दानस्वरुप दिएको ११ लाख ८९ हजार २ सय ९७ रुपैयाँको चेक नै नसाटिएको विजय कृष्णमुर्तिले सुनाए ।

त्यस्तै, कोटीहोममा २० करोड ८८ लाख ३२ हजार ७ सय ९४ रुपैयाँ खर्च भएको उनले बताए । विजय कृष्णमुर्तिका अनुसार प्रमुख कथावाचक देविप्रतिभा, राधिका दासी, चन्द्रकला शखी, दीनबन्धु पोखरेलसहित २० जनालाई ७७ लाख ८२ हजार ५ सय ५५ रुपैयाँ दक्षिणा दिइएको छ । कोटीहोममा ७२ लाख ५० हजार ३ सय ४ रुपैयाँ ऋण लागेको विजय कृष्णमुर्तिले सुनाए ।



प्रतिक्रिया दिनुहोस्