Logo

रास्वपाको राष्ट्रिय भेला असोज १ र २ गते, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने



काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला आगामी असोज १ र २ गते हुने भएको छ । आज (बिहीबार) पत्रकार सम्मेलन गरी राष्ट्रिय भेलाबारे जानकारी गराइएको हो । राष्ट्रिय भेलामा देशभरबाट १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरु आउने सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन सभापति रवि लामिछानेले प्रस्तुत गर्ने उनले बताए । त्यस्तै, सांगठनिक प्रतिवेदन पनि प्रस्तुत गरिने उनले बताए । सह–महामन्त्री बुर्लाकोटीका अनुसार सातै प्रदेशबाट आएका प्रदेश सभापतिहरुले पनि संक्षेपमा प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्