Logo

रास्वपाको दाबीः उपसभामुख रानाले लेखेको पत्र कार्यालयभन्दा बाहिर गएको छैन



काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई भिसा प्रक्रियाको लागि लेखेको पत्र उनको कार्यालयभन्दा बाहिर नगएको दाबी गरेका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा उनले पत्र तयार भएपनि त्यो पत्र अमेरिकी दूतावासमा नपठाइएको बताए । संवैधानिक परिषद्मा सत्तारुढ दलको बहुमत नपुग्ने भएपछि उपसभामुख रानालाई हटाउन खोजिएको उनले बताए ।

‘उहाँले लेखेको पत्र, उहाँको कार्यालयभन्दा बाहिर गएको पनि छैन । त्यो उहाँले स्पष्टीकरण दिइसक्नुभएको छ । अहिले संवैधानिक परिषद्मा अहिलेको सत्ता समीकरणको बहुमत नपुग्ने भइसकेपछि यो गरियो,’– सहमहामन्त्री बुर्लाकोटीले भने ।

त्यस्तै, उपसभामुखलाई नेपाली कांग्रेस, एमालेलगायतका दलहरु मिलेर संवैधानिक प्रक्रियाबाट हटाउने तयारी गरिरहेको बताउँदै उनले रास्वपाले खुलेर प्रतिवाद गर्ने बताए । उपसभामुख रानालाई कारबाही गर्नुपर्ने खालको त्रुटी नदेखिएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्