Logo

गणेश बस्नेतलाई पक्राउ गर्ने प्रहरी प्रयासप्रति विपुलको आपत्ति



काठमाडौं, २७ भदौ । नेपाल प्रहरीको साइबर ब्यूरोले प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई प्रक्राउ गर्ने प्रयास गरेको छ । नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई साईबर अपराधमा अनुसन्धान गर्नका लागि पक्राउ गर्न लागिएको बुझिएको छ ।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले उनलाई पक्राउ गर्न प्रहरी गरेको खुलासा गरेका छन् । प्रहरीले पक्राउ प्रयास गरेको भन्दै उनले आपत्ति जनाएका छन् । ‘प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई पक्राउगर्ने प्रहरी प्रयास निन्दनीय छ । लेख्ने स्वतन्त्रता, जिन्दावाद,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्