Logo

म रिटायर हुँदैछु, भोलिका नेताहरूले पार्टीको बढी चिन्ता गर्नुपर्छः सभापति देउवा



काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उमेरका कारण आफू रिटायर हुन लागेको बताएका छन् । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले आफू उमेरका कारणले रिटायर हुन लागेकाले भोलिका नेताहरुले पार्टीको बढी चिन्ता गर्नुपर्ने बताएका हुन् ।

‘मेरो उमेर गयो, हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ । भोलि हुने नेताहरूले नै पार्टीको चिन्ता बढी गर्नुपर्छ,’– उनले भने ।

सभापति देउवाले कांग्रेसका लागि भोलिका दिनहरु चुनौतिपूर्ण र महत्वपूर्ण अवसरको रुपमा पनि रहेको बताए । उनले अब पार्टीको नेतृत्व लिने नेताहरुलाई उनले काम गरेर देखाउन आग्रह गरे ।

साथै, फरक प्रसंगमा सभापति देउवाले साना राजनीतिक दललाई कमजोर बनाउने उद्देश्यले वर्तमान सत्ता गठबन्धन नबनेको प्रष्ट पारे । उनले ठूला राजनीतिक दल मिलेर सानालाई सिध्याउने हुन् कि भन्ने भ्रम नपाल्न आग्रह गरे । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्