Logo

जनमतका अध्यक्ष राउतले श्रीमतीसँग मागे डिभोर्स



काठमाडौं, २७ भदौ । जनमत पार्टीका अध्यक्ष सिके राउतले सम्बन्धविच्छेदका लागि फिराद दर्ता गराएका छन् । श्रीमती सोनी सिन्धुसँग छुट्टिएर बस्न चाहेको भन्दै उनले गत भदौ १२ गते ललितपुर जिल्ला अदालतमा फिराद दर्ता गराएका हुन् ।

राउतकी श्रीमती सोनीको माइत भारत हो । अध्यक्ष राउतका अनुसार सोनी घरमा नबस्ने, माइतमात्रै गइरहने र लामो समयदेखि उतै छिन् । सोनीले छोराछोरी र परिवारप्रतिको दायित्व पूरा नगरेको राउतले फिरादमा उल्लेख गरेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्