Logo

फाँसीवाद विरूद्वको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काराकसमा सम्पन्न



काठमाडौं, २७ भदौ । साम्राज्यवादको आर्थिक नाकावन्दी विरूद्व संघर्षरत दक्षिण अमिरेकी समाजवादी मुलुक भेनेजुयलाले फाँसीवाद र नवफाँसीवादका विरूद्व १०० भन्दा बढी देशहरूका प्रतिनिधिहरूको सहभागितामा काराकसमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनमा नेपालबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं वाईसीएल अध्यक्ष सुवोध शेर्पाली र नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य माधव पन्त सहभागी थिए ।

भेनेजुयलाका तत्कालीन क्रान्तिकारी नेता ह्युगो चाभेजको नेतृत्वमा सम्पन्न समाजवादी क्रान्तिले ल्याटिन अमेरिकामा मात्रै नभएर संसारभरी समाजवादी, कम्युनिस्ट क्रान्तिको उभार ल्याएको थियो । साम्राज्यवादीहरूको हस्तक्षेप, आर्थिक नाकालन्दी र आक्रमणको सामना गर्दै यो मुलुक आफ्नो स्वाभिमान र राष्ट्रीय अखण्डताको पक्षमा अडिग रहेको छ ।

कार्यक्रमको दोस्रो दिन भेनेजुयलाका राष्ट्रपति निकोलस मधुरोले समेमेलनलाई सम्बोधन गर्दै मुलुकको स्वाभिमान, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको लागि वोलिभारियन जनता सक्षम रहेको बताएका छन् ।

‘जस्तोसुकै साम्राज्यवादी हस्तक्षेपका विरूद्व हामी लड्नेछौ ।आजको साम्राज्यवादले प्रविधिलाई हतियार वनाउदै हरेक क्षेत्रमा टेक्नोलोजिकल हस्तक्षेप गर्दै आएको छ,’– उनले भने ।

सामाजिक संजालमार्फत साम्राज्यवाद र फासिवाद डरलाग्दो गरी विकास भइरहेको र संसारभरी साम्राज्यवादको फासिवादी र नवफासिवादी आक्रमणवाट विछिप्त बनेकोले समाजवादी व्यवस्था निर्माणको लागि संसारभरीका मजदुर, किसान र सर्वहारा वर्ग एकजुट हुनुपर्ने बताए ।

गत जुलाई २८ मा भएको राष्ट्रपतिको निर्वाचनमा प्रजातान्त्रिक प्रकृयामाथि हस्तक्षेप गर्ने साम्राज्यवादी संयुक्त राज्य अमेरिका र युरोपियनहरूको कदमको कडा प्रतिवाद गर्न भेनेजुयलाका जनतासक्षम रहेको उपराष्ट्रपति डेल्सीले बताईन् ।

संसारभरी भइरहेको फासीवाद आक्रमणले मानवताको हत्या गरेको छ । मानव अधिकार, न्याय, स्वतन्त्रता र प्रगतिशील उन्नत समाजको निर्माण गर्न यो सम्मेलनको आयोजना गरिएको छ ।

सम्मेलनको उद्घाटनमा भेनेजुयलाकी उपराष्टपति डेल्सी रोड्रीगेज, र अरू देशका समाजवादी नेताहरूले मन्तव्य राखेका थिए भने समापन राष्ट्रपति निकोलस मदुरो, उपराष्ट्रपति डेल्सी, परकाष्ट मन्त्री इभान सहितको उपस्थिति रहेको काराकसबाट माधव पन्तले बताए ।

नेता शेर्पाली र पन्त सेपेटेम्वर १२ मा आयोजना गरिएको सत्तारूढ पार्टीको युवा संगठन जेपिएसयुभीको १६औं राष्ट्रीय सम्मेलनमा अन्तराष्ट्रीय अतिथिको रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्