Logo

माओवादी गणनामा आउँदैन, अबको मुख्य प्रतिस्पर्धी एमाले–कांग्रेस होः राजन भट्टराई



काठमाडौं, १७ भदौ । नेकपा (एमाले) रहेको स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईन्चार्ज राजन भट्टराईले मुलुकलाई दिशानिर्देश गर्ने एक मात्र पार्टी एमाले रहेको बताएका छन् । सिन्धुपाल्चोक एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियानको सुरुवात गर्दै भट्टराईले गएको निर्वाचनमा केही अलमलका कारण पहिलो पार्टी बन्न नसकेको र अव एमाले पार्टीको घेरावन्दी तोडिएको बताए ।

नेपाली कांग्रेस र एमाले नै अबको मुख्य प्रतिस्पर्धी रहेको उनले बताए । ‘माओवादी अब गणनामा आउँदैन । मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसको हो भन्ने थाहा हुँदाहुदै सत्ता साझेदार बनेको छ । यसको खास कारण एमालेप्रतिको घेराबन्दीको अन्त्य र मुलुकको आजको आवश्यकताले हो,’– भट्टराईले भने, ‘राष्ट्रिय संकटबाट मुक्ति र समृद्धिको लागि वर्तमान गठबन्धनको सरकार निर्माण भएको हो ।’

नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रममा ३ सय १९ जनाले विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । अधिकांश माओवादी बाट अन्य राप्रपा, समाजवादी र कांग्रेसबाट एमालेमा प्रवेश गरेका हुन् । वडा नंम्वर १ बाट १ सय चालीस, वडा नंम्वर ५ बाट ४३ सहित ३ सय १९ जनाले एमाले पार्टी प्रवेश गरेको बताइएको छ ।

नेता भट्टराईले माओवादीको ओरालो यात्रा आजको पार्टी प्रवेशले प्रष्ट्याएको बताउँदै यस्ता अभियान निरन्तर चल्ले बताए ।



प्रतिक्रिया दिनुहोस्