Logo

एमालेले अब माओवादी बोक्दैनः महेश बस्नेत



काठमाडौं, २७ भदौ । नेकपा (एमाले) पोलिटब्युरो सदस्य महेश बस्नेतले आगमी निर्वाचनमा माओवादी पार्टीसँग सहकार्य नहुने बताएका छन् । सिन्धुपाल्चोक एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘एमाले पूmटाउने, कहिले यता खेल्ने, कहिले उता खेल्ने प्रचण्डको चरित्र उदाङ्गो भैसकेको छ । अब एमालेले माओवादीलाई बोक्दैन’,–बस्नेतले भने, ‘समुदाय भड्काउने, ध्वंसको राजनीतिबाट माथि नउठ्ने माओवादीको अब कुनै भविष्य छैन ।’

उनले माओवादी सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिए । ‘हिंसा हिंसा नै हो, कोटिहोम होईन, मान्छे मार्नुलाई हामीले कोटीहोम मान्ने ?’–बस्नेतले प्रश्न गरे, ‘आज सयौको संख्यामा माओवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभयो । माओवादी नेता अग्नी, सुवोध सापकोटालाई जनताले नै जवाफ दिनुभयो ।’

माओवादीले आफ्नो अस्तित्व सम्झिएको चौतारामा जनाधार समाप्त भएको उनले दाबी गरे । अब माओवादीले कहीँकतै नजित्ने उनले बताए ।

नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रममा ३ सय १९ जनाले विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । अधिकांश माओवादी बाट अन्य राप्रपा, समाजवादी र कांग्रेसबाट एमालेमा प्रवेश गरेका हुन् । वडा नंम्वर १ बाट १ सय चालीस, वडा नंम्वर ५ बाट ४३ सहित ३ सय १९ जनाले एमाले पार्टी प्रवेश गरेको बताइएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्