Logo

कोशी प्रदेश सरकारले पायो पूर्णता, कांग्रेसका मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं, २८ भदौ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेस सरकारमा सहभागी भएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । कोशी प्रदेश सरकारमा कांग्रेसबाट भुपेन्द्र राईको नेतृत्वसहित तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राईले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, खगेनसिंह हाङगाम उद्योग कृषि तथा सहाकारी मन्त्री बनेका छन् । सदानन्द मण्डल पर्यटन, वन, वातावरणमन्त्री र भूमि राजवंशीले भौतिक पूर्वाधार राज्यमन्त्रीको सपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराए । यो सँगै कोशी प्रदेश सरकार दुई राज्यमन्त्रीसहित १० सदस्यीय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्