Logo

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक



काठमाडौं, २८ भदौ । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । आज (शुक्रबार) दिउँसो २ बजे बस्नेगरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ ।

बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालालाई सत्तारुढ दलले हटाउन खोजेको विषय, संवैधानिक परिषदको बैठकमा माओवादीको अडान र समयसामयिक विषयमा छलफल हुने बताइएको छ ।

साथै, सहकारी ठगी प्रकरणमा बनेको संसदी विशेष समितिले प्रतिवेदन सार्वजनिक गर्न लागेको र त्यसपछि संसद्मा माओवादीको भूमिका कस्तो हुने भन्नेबारेमा पछि छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्