Logo

एकीकृत समाजवादी फुटाउन खोज्नेहरु हजार पटक असफल भइसकेः झलनाथ खनाल (भिडिओसहित)



काठमाडौं, २८ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी सुदृढीकरणको अभियानमा अगाडि बढिरहेको बताएका छन् । नेता खनालले एकीकृत समाजवादी फुट्दैछ भनेर अफवाहमात्रै फैलाइएको बताए । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कका नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एकीकृत समाजवादी फुटाउने खोज्नेहरु हजार पटक असफल भइसकेको टिप्पणी गरे । उनले एकीकृत समाजवादी नफुट्ने ठोकुवासमेत गरे ।

‘हाम्रो पार्टीलाई फुटेको घोषणा गर्ने, फुटाउन चाहने, अहिलेभन्दा अगाडि एक हजार पटक प्रयन्त गरिसके । यी एक हजार पटकमै तिनीहरु असफल पनि भइसके । फेरि एक पटक नराम्रो ढंगले असफल हुँदैछन् । अब एकीकृत समाजवादी महाधिवेशनले पास गरेका वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक आधारमा उभिएर सुदृढीकरणको अभियानमा अगाडि बढ्दैछ । हामी त्यसको प्लानहरु गर्दैछौं,’– उनले भने ।

साथै, नेता खनालले सर्वसम्मत पदाधिकारी चयन गर्न नसक्दा अहिले पार्टीमा असन्तुष्टिहरु रहेको बताए । त्यसको बारेमा समीक्षा गरेर अगाडि बढ्ने उनले बताए । उनले कसैले पनि एकीकृत समाजवादी फुटाउन नसक्ने र एकीकृत समाजवादीमा बस्न मन नलागेकाहरु जान सक्ने बताए ।



प्रतिक्रिया दिनुहोस्