Logo

कर्णालीका जनताको समस्या समाधानमा केन्द्रीत भएर काम गरिरहेको छुः मुख्यमन्त्री कँडेल (भिडिओसहित)



काठमाडौं, २९ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफू कर्णालीका जनताको समस्या समाधानमा केन्द्रीत रहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उनले आफू प्रदेश सभाबाट पारित भएको योजनाहरु समयमा नै कार्यान्वयन गराउने, अर्को वर्षको योजना पारदर्शी र विधिसम्मत ढंगले छनोट गर्ने र कर्णाली प्रदेशमा संघीय सरकारबाट ध्यान दिनुपर्ने योजनाको छनोट गरेर, संघीय सरकारलाई अनुभूति र आवश्यक्ता बोध गराएर कर्णालीका समस्या समाधान गर्ने कुरामा लागेको बताए ।

संघीय सरकारले कर्णालीको निमित्त कोहलपुरदेखि सुर्खेतसम्मको सडक चार लेनको बनाउने, सुर्खेतदेखि डोल्पासम्मको भेरी कोरिडोर दुई लेनको बनाउन, सुर्खेतदेखि हुम्लासम्मको कार्णाली कोरिडोरलाई दुई लेनको बनाउने र सुर्खेत विमानस्थलको विस्तार गरिदिनुपर्ने उनले बताए । संघीय सरकारले यति काम गरिदिएको खण्डमा कर्णालीको जनताको जीवनस्तर आम रुपमा रुपान्तरित हुने र अरु बाँकी काम प्रदेश सरकारले गर्नसक्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्