Logo

जनताहरुले माओवादीलाई नै जिताउनुपर्छ भनेर छलफल चलाएका छन्, २०६४ साल फेरि दोहोरिँदैछः प्रचण्ड (भिडिओसहित)



काठमाडौं, २९ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी २०८४ को निर्वाचनामा ०६४ साल दोहोरिने बताएका छन् । आज (शनिबार) मोरङको ग्रामथान गाउँपालिकामा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले चोकचौराह, चिया पसल र जनताले खेतबारीमा समेत भ्रष्टाचारविरुद्ध लड्ने पार्टी त माओवादी पो रहेछ भनेर चर्चा हुने गरेको पाएको बताए । जनताहरुबीचमा माओवादीलाई नै जिताउनुपर्छ भन्ने छलफल सुरु भइसकेको बताए ।

‘अहिले हामी प्रदेश–प्रदेशमा गएर पार्टी पुनर्निर्माणको परामर्श गर्दैगर्दा चोकचौराहमा, चिया पसलहरुमा, जनताहरुले आफ्नो खेतबारीमा पनि चर्चा गर्न थालेको भनेर हामीलाई सूचनाहरु दिइयो । माओवादी केन्द्र रहेछ भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्षमा इमानदारिता साथ लाग्ने पार्टी, सामाजिक न्यायको पक्षमा पनि, आर्थिक विकासको पक्षमा पनि । त्यसकारण अब माओवादीलाई नै जिताउन पर्छ भन्ने छलफल सुरु भएको छ भनेर हामीलाई सुनाइयो । आज तपाईँहरुको पार्टी प्रवेशले पनि इतिहास नयाँ ढंगले दोहोरिँदैछ । ०६४ साल फेरि दोहोरिँदैछ,’– उनले भने ।

तेस्रो पार्टी भएर पनि देशमा आज भन्दा पहिला कहिले पनि नभएको भ्रष्टाचारविरुद्धको अभियान आफूले चलाएको उनले बताए । प्रचण्डले माओवादीले जितेको खण्डमा मात्रै देशका जनताले चाहेको व्यवस्था बलियो हुने बताए । File Photo



प्रतिक्रिया दिनुहोस्