Logo

कम्युनिष्टहरुलाई शान्ति र लोकतन्त्रको बाटोमा कांग्रेसले नै हिँडाएको सिटौलाको दाबी



काठमाडौँ, २९ भदौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न नसकिने बताएका छन् । जननायक विश्वेश्वरप्रसाद कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा संवाद केन्द्रले आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र आजको परिस्थिति’ विषयक अन्तरक्रियामा उनले बिपी कोइरालाले भनेजस्तै जनताको शासन सत्तामा प्रत्यक्ष पहुँच भए मात्र लोकतान्त्रिक समाजवादको कल्पना पूरा हुने बताएका हुन् ।

“आवधिक निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि रोज्ने र प्रतिनिधिमार्फत शासन चलाउने हो, जनताले प्रतिनिधिमार्फत आफ्नो शासन गर्ने हो, लोकतान्त्रिक शासन पद्धति भनेको यही हो,” उनले भने । कांग्रेस र कम्युनिष्टबीच लोकतान्त्रिक समाजवादका बारेमा भिन्दाभिन्दै व्याख्या रहेको उनको भनाइ थियो ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले विसं २०४६ देखि कम्युनिष्टलाई शान्ति र लोकतन्त्रको बाटोमा हिँडाउन कांग्रेसले नेतृत्व गरेको दाबी गरे । उनले बिपी कोइराला गतिशील विचार भएको नेता भएको बताए ।



प्रतिक्रिया दिनुहोस्