Logo

कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने संकल्प लिएको छुः प्रचण्ड



काठमाडौं, २९ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असल राजनीतिज्ञले मरेपछि पनि सयौं वर्षसम्म जनताको सेवा गरिरहने बताएका छन् । आज (शनिबार) मोरङको ग्रामथान गाउँपालिकामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले उनले आफूले पनि मरेर पनि कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने संकल्पको साथ काम गरिरहेको बताए ।

अहिले आफू जीवनको उत्तरार्धतिर रहँदा पनि डौडधुप गर्न जोश आइरहेको बताए । उनले भने, ‘मलाई जोस आएकै छ । भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा, नेपाली जनताको आर्थिक विकासको पक्षमा जीवनको अन्त्यसम्म लडिराख्ने कसम मैले खाएको छु । मलाई अरु केही गर्नुपर्ने छैन भनिन्छ एउटा असल राजनीतिज्ञ बाँचिन्जे बाँचेर जनताको सेवाको निमित्त समर्पित रहन्छ, मरेपछि पनि आफ्नो कर्मले सयौं वर्ष जनताको सेवा गरिराख्छ । राजनीतिज्ञ कहिल्यै मर्दैन । कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने संकल्प मैले लिएको छु ।’



प्रतिक्रिया दिनुहोस्