Logo

नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा कांग्रेसनिकट सिडेनका उम्मेदवार बराल निर्वाचित



काठमाडौं । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन् ।

उनले निकटम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । बरालले ४ हजार ८४२ मत पाउँदा उनलाई पछ्याएका पाण्डेले २ हजार ८१० मत पाए ।

पाण्डे नेकपा एमालेनिकट प्रगतिशील समूहका उम्मेदवार थिए ।

त्यस्तै उपाध्यक्षमा पनि सिडेनकै प्रकाश केसी ४ हजार ४ सय ७१ मतसहित निर्वाचित भएका छन्। महासचिवमा विनोदप्रकाश पण्डित,उपमहासचिवमाा अनिल मानन्धर, कोषाध्यक्षमा सुमना थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित भएका छन् । उनीहरु सबै कांग्रेस निकट हुन् । २५ सदस्यीय केन्द्रीय समितिमा सिडेनबाहिरका ३ जनाले जितेका छन्।

कांग्रेसनिकट सिडेनका उम्मेवार संघ, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा विजयी भए भने झिनो मतान्तरले मधेसको अध्यक्षमा पराजित भएका छन्।



प्रतिक्रिया दिनुहोस्