Logo

जनताको युद्धलाई ‘हिंसा’ भन्न पाइँदैन: माओवादी सांसद विश्वकर्मा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले व्यवस्था परिवर्तनका लागि जनताका साथमा माओवादीले सुरुआत गरेको जनयुद्धलाई ‘हिंसा’ भनेर अपमानित गर्न नहुने बताएका छन् ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले जनयुद्धलाई नेकपा एमालेले हिंसाको संज्ञा दिएको भन्दै आपत्ति जनाए

“यदि माओवादी जनयुद्ध ‘हिंसा’ थियो भने सरकारले किन वार्ता गर्यो, किन राजनीतिक दलहरुले गणतन्त्रको पक्षमा माओवादीसँग सहकार्य गरे ?”, उनले प्रश्न गरे, “माओवादी आन्दोलन हिंसा थिएन, जनयुद्ध थियो, जसले व्यवस्था परिवर्तनका लागि लड्यो ।”

सांसद विश्वकर्माले जनताका माग तत्कालीन सरकारले सम्बोधन नगर्दा जनविद्रोहको अवस्था पैदा भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्