Logo

विधायन व्यवस्थापन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादी आमनेसामने, कसले मार्ला बाजी ?



काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ ।

रिक्त सभापति पदमा एमालेका तर्फबाट तुलसा कुमारी दाहाल र एकीकृत समाजवादीका तर्फबाट जयन्ती देवी राइको उम्मेदवारी परेको छ ।

दाहालको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढंगाना र एमालेकी भगवती न्यौपाने छिन् ।

राईको प्रस्तावकमा एकीकृत समाजवादीका बेदुराम भुसाल र समर्थकमा माओवादी केन्द्रका सुरेश कुमार आलेमगर रहेका छन् ।

१५ सदस्यीय विधान व्यवस्थापन समितिमा सत्तारुढ दलका ८ र प्रतिपक्षी दल नेकपा माओवादी र एकीकृत समाजवादीका ७ सांसद छन् । तर, सत्तारुढ नै भएपनि जनता समाजवादी पार्टी नेपालका मृगेन्द्र कुमार सिंह यादवले सत्तारुढ उम्मेदवार दाहाललाई मत दिन्छन् कि दिँदैनन् निश्चित भएको छैन् । यादवले पनि मत दिएमा एमालेकी दाहाल सभापति निर्वाचित हुनेछिन् । सत्तारुढ दलले भने यादवले आफ्नो उम्मेदवारलाई निर्वाचित गर्नेमा ढुक्क रहेको बताएको छ ।

यता राष्ट्रिय सभाकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा भने माओवादी केन्द्रका मायाप्रसाद शर्माको एकल उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा एकीकृत समाजवादीका मदन कुमारी शाह (गरिमा) र समर्थकमा माओवादी केन्द्रका नर बहादुर विष्ट रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्