Logo

माओवादीले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक स्थगित, भोलि हुने भनिएको प्रधानमन्त्री ओलीको सम्बोधन अन्यौलमा



काठमाडौं । नेकपा एमालेले माओवादीले गरेको १० वर्षे सशस्त्र युद्धलाई हिंसाको संज्ञा दिएपछि अवरुद्ध बनेको प्रतिनिधि सभाको बैठक भोलिसम्म स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि डाकिएको बैठक पटक पटक सार्दापनि सूचारु हुन नसकेपछि भोलि दिउँसो १ बजेसम्म सारिएको हो । भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

सहमति जुटाउन सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को रेकर्डबाट माओवादी हिंसा भन्ने शब्द नहटेसम्म बैठक चल्न नदिने बताएका थिए ।

एमाले सचिव योगेश भट्टराईले भदौ १२ गते संसद्‌मा बोलेको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले घोषणा गरेपछि माओवादीले भदौ २६ गते संसद् अवरुद्ध गरेको थियो । ​

सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी छ । तर माओवादीले संसद्‌मा रेकर्ड भएको हिंसा शब्द हटाउनु पर्ने सर्त राखेको छ ।



प्रतिक्रिया दिनुहोस्