Logo

४० जना सहसचिवको सरुवा, काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियार मन्त्रालय तानिए



काठमाडौं, ३० भदौ । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ । गत भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । सरुवा भएका सहसचिवमध्ये काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियार पनि परेका छन् ।

उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । परियाले काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको छोटो अवधिमै उनलाई सरुवा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्