Logo

आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय



काठमाडौं, ३० भदौ । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति तय गरेको हो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका थिए ।

आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने गर्छ। सोही बमोजिम मन्त्रिपरिषद्ले स्थानीय तहको उपनिर्वाचनबारे निर्णय गरेको हो । हाल ३ पालिकाका प्रमुखसहित ३९ पद रिक्त छ ।



प्रतिक्रिया दिनुहोस्