Logo

पाँचखालका मेयरको दुखेसोः सडक विभागको ठेक्काको अगाडि प्रधानमन्त्री पनि निरिह हुनुहुँदोरहेछ (भिडिओसहित)



काठमाडौं, ३१ भदौ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले सडक विभागको ठेक्काको अगाडि प्रधानमन्त्री पनि निरिह बन्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले धुलिखेलदेखि खावासम्मको सडकको विषयलाई लिएर यस्तो टिप्पणी गरेका हुन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँचखालको महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा आउँदा सो सडक तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिएपनि अझैसम्म बन्न नसकेको उनले बताए ।

‘धुलिखेलदेखि खावाको सडक पाँचखाल हरित मेला औद्योगिक ग्रामको शिलान्याय गर्न आउँदाखेरी प्रधानमन्त्रीले बोल्नुभएको काम पनि भएन । भनेपछि मुलुकमा प्रधानमन्त्री पनि सडक विभागको ठेक्काको अगाडि निरिह हुनुहुँदोरहेको छ भन्ने कुरा प्रष्ट हुन्छ,’– उनले भने ।

उक्त सडक नबन्दा जनताले दुःख पाइरहेको, दुर्घटना बढेको, कयौं अंगभंग भएको उनले बताए । आफूले सडक नबनाउने ठेकेदार कम्पनीको मालिकलाई तुरुन्त पक्राउ गरियोस् भनेर सीडिओसहितको बैठकमा निवेदनसमेत दिएको उनले बताए । उक्त बाटा नबन्दा आफ्ना नगरबासीको ज्यान गएको, हातखुट्टा भाँचिएको उनले बताए । लामो समयदेखि धुलिखेल–खावा सडक लथालिङ्ग छ ।



प्रतिक्रिया दिनुहोस्