Logo

असोज महिनाका लागि बाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?



काठमाडौं, ३१ भदौ । आगामी असोज महिनाका लागि १० वटा बाणिज्य बैंकहरुले मुद्दती निक्षेपको व्याजदर घटाएका छन् । असोज महिनाका लागि औषतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपमा ६.३८ प्रतिशत कायम गरिएको छ । यसअघि भदौ महिनाको औषत व्याजदर ६.५३ प्रतिशत थियो । भदौको भन्दा असोजमा ब्याजदर ०.१५ प्रतिशतले घटेको हो ।

असोज महिनाका लागि कूल २० वटा बाणिज्य बैंकमध्ये १० वटा बाणिज्य बैंकले ब्याजदर घटाएका छन् । ८ वटा बाणिज्य बैंकले भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने नेपाल बैंक र कृषि विकास बैंकले व्याजदर बढाएका छन् । नेपाल बैंक र कृषि विकास बैंकको व्याजदर क्रमशः ५.९५ र ६.०७ रहेको छ ।

ब्याजदर घटाउँदै राष्ट्रिय बाणिज्य बैंकले ६ , एभरेष्ट बैंकले ६ , सानिमा बैंकले ५.९, नेपाल एसबीआई बैंकले ६, सिटिजन्स बैंकले ६.१५, कुमारी बैंकले ६.०१, प्राइम कमर्सियल बैंकले ६.२५, नविल बैंकले ६.७५, एनएमबी बैंकले ६.५ र एनआईसी एसिया बैंकले ७.१८ प्रतिशत कायम गरेका छन् ।

त्यसैगरी, प्रभु बैंकले ६.१, ग्लोबल आईएमई बैंकले ६.२५, सिद्धार्थ, लक्ष्मी सनराइज र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ६.५, हिमालयन, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्डले ७ प्रतिशत ब्याजदर कायम गरेका छन् । यी ८ वटा बैंकले भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्