Logo

एकीकृत समाजवादीकी जयन्तीलाई हराउँदै विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी तुलसा दाहाल निर्वाचित



काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन्।

निर्णायक बनेको जनता समाजवादी पार्टी नेपालको मत पाएकी दाहाल सभापतिमा निर्वाचित भएकी हुन्।

सोमबार भएको निर्वाचनमा एमालेकी तुलसा र एकीकृत समाजवादीकी जयन्ती राई उम्मेदवार थिए।

कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्