Logo

दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी, छलफलका लागि विभागले बोलायो



काठमाडौं । व्यवसायीहरुले दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने भएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघले अविरल वर्षात्का कारण सडकहरु बन्द भएको र अवरुद्ध सडक तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएपछि टिकट बन्द गर्न लागेको हो ।

सबै सडक अवरुद्ध भएकाले काठमाडौँबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएकाले अग्रिम टिकट बुकिङ बन्द गर्न लागिएको महासंघले जनाएको छ ।

सोमबार पृथ्वीराजमार्ग हुँदै गएका गाडी र यात्रु बीच बाटोमै अलपत्र परेकाले अग्रिम टिकट काटेर बस गुडाउन सक्ने अवस्था नरहेकोमहासंघको भनाई छ। महासंघले बीचबाटोमै अलपत्र परेका गाडीका चालक र सहचालकले नै पानी र खाना नपाएको गुनासो आएको जनाएको छ ।

अग्रिम टिकट बन्द हुन लागेपछि छलफलका लागि यातायात व्यवस्था विभागले दिउँसो ३ बजे बैठक डाकेको छ। बैठकमा यातायात श्रमिक र व्यवसायीहरूलाई पनि बोलाइएको छ।



प्रतिक्रिया दिनुहोस्