Logo

बाढी पहिरो पीडितलाई ओली सरकारका मन्त्रीहरुले एक महिनाको तलब सहयोग गर्ने



काठमाडौं, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुले एक महिनाको तलब बाढी पहिरो पीडितलाई दिने निर्णय गरेको छ । हिजो (सोमबार) प्रधानमन्त्री ओली अमेरिकाबाट फर्केलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बताए ।

‘अरु सबैले सहयोग गर्ने भनेकै छन् । विभिन्न निकायहरुले सहयोग गरेकै छन् । हामीले हिजो मन्त्रिपरिषद्मा पनि निर्णय गरेका छौं । मन्त्रीहरुले एक महिनाको तलब पूरै दिने भनेर । हाम्रो दलको सांसदहरुलाई आज बैठक आह्वान गरिएको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्