Logo

एमाले संसदीय दलको बैठक जारी



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा एमालेको बैठक सुरु भएकोहो । यसअघि आजै एमालेको सचिवालय बैठक बसेको थियो ।

अनामनगरस्थित होटल बसेरामा एमाले सचिवालय बैठक बसेको हो । एमाले मूख्यालय रहेका च्यासलमा बाढी पहिरोले असर पुर्याएपछि बैठक बसेरामा बसेको हो । यसअघि पनि च्यासलमा पानी पस्दा एमालेले बसेरामै बैठक गर्दै आएको छ ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट स्वदेश फर्किएलगत्तै एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएको हो। बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने छ ।

तस्विर: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्