Logo

पार्टी पङ्तिलाई एमालेको निर्देशन: पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुनू



काठमाडौं । नेकपा एमालेले देशभर बाढीपहिरोले गरेको क्षतिप्रति दुख व्यक्त गर्दै उद्धार र राहतमा जुट्न नेता तथा कार्यकर्तालाई निदेशन दिएको छ ।

पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकले बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा जोड दिएको छ ।

मंगलबार बसेको एमाले सचिवालय बैठक ले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

शुक्रबार र शनिबार परेको अविरल वर्षात्का कारण देशभर २१७ जनाले ज्यान गुमाएका छन् भने कयन व्यक्ति अहिलेपनि वेपत्ता रहेका छन् । एमालेले बाढी प्रभावितको उद्धार र राहतका लागि निर्माण गरेको कोषमा पार्टिको तर्फबाट ५० लाख जम्मा गर्ने पनि निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्