Logo

सडकमा अलपत्र यात्रुलाई तत्काल उद्धार गरेर गन्तव्यमा पुर्‍याउन सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन



काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी र पहिरोले अवरुद्ध बनेका राजमार्गमा अलपत्र अवस्थामा रहेका यात्रुको तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले यात्रुको तत्काल उद्धार गरेर गनतव्यमा पुर्याउन दिर्नेशन दिएको हो । आज समितिले गृहमन्त्री रमेश लेखकसग छलफल गरेको थियो । छलफलपछि समितिले राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्दार गर्न निर्देशन दिएको छ ।

राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत समितिले भनेको छ ।

बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताए ।

५० वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै गृहमन्त्रीले काठमाडौं उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएका जानकारी दिए । उद्धारमा नेपाली सेनाका तीन हजार ९०६, नेपाल प्रहरीका १४ हजार ८०२ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्