Logo

समाजवादी विश्व सम्मेलनमा सहभागी हुन चिली जाँदै उपेन्द्र यादव



काठमाडौं १५, असोज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव चिली जाने भएका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादव समाजवादी विश्व सम्मेलनमा सहभागी हुन भोलि चिली जान लागेका हुन् ।

यादव भोलि कतार एयरलाइन्सको विभानबाट मध्यराति दक्षिण अमेरिकाको चिली प्रस्थान गर्दैछन् । चिलीको स्यान्टियागोमा सबै महादेशका विभिन्न मुलुकहरुका प्रगतिशील, सामाजिक लोकतान्त्रिक, श्रमिक र समाजवादी पार्टीहरुको अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाइन्सको आयोजनामा हुन लागेको विश्व सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

अक्टोबर ५ र ६ तारिखमा आयोजना हुने थर्ड ग्लोबल कन्भेन्सन अफ दि प्रोग्रेसिभ एलाइन्सको उक्त सम्मेलनमा अध्यक्ष यादवको नेतृत्वमा जसपा नेपालको अन्तर्राष्ट्रिय विभाग प्रमुख अर्जुन थापासहितको प्रतिनिधिमण्डल समेत चिली प्रस्थान गर्न लागेको हो । अध्यक्ष यादवसहितको उक्त प्रतिनिधिमण्डल असोज २४ गते राति कतार एयरलाइन्सबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्