Logo

एकैदिन ११४ अंकले बढ्यो नेप्से, कारोबार पनि उच्च



काठमाडौं । मंगलबार सेयर बजार भारी अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा एकै दिन ११४।७० अंक अर्थात् ४।५७ प्रतिशतले बजार बढेको हो । कारोबार रकम पनि दोब्बर बढेको छ ।

अघिल्लो दिन जम्मा ३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६१ करोडको भयो । २४३ कम्पनीको मूल्य बढ्दा एउटाको घट्यो भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् ।

१ करोड ७५ लाख ७ हजार कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो। आजको कारोबारमा एउटाबाहेक सबै कम्पनीको सेयर मूल्य बढेको हो।



प्रतिक्रिया दिनुहोस्