Logo

छक्कापञ्जा-५ र ज्वाईंसाबसँग भिड्ने ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक (भिडिओ)



काठमाडौं । कुनै समयका चर्चित एक्सन स्टारको परिचय बनाएका विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ ।

मंगलबार बुढासुब्बा डिजिटलबाट सार्वजनिक भएको ३ मिनेट १४ सेकेन्ड लामो ट्रेलरमा फिल्मको कथाबस्तुबारे चित्रण गरिएको छ । यो चलचित्र असोज २४ गते फुलपातीको दिन सार्वजनिक हुनेछ ।

योसँगै सोही दिन चर्चित फिल्म छक्कापञ्जा-५ र ज्वाईंसाब पनि प्रदर्शनमा आउनेछन् । दीपकराज गिरी र दिपाश्री निरौलाले बनाएको छक्कापञ्जा-५ र जितु नेपालको मूख्य भूमिका रहेका ज्वाईंसाब सँग अब विराजका बाबु छोराले भिड्नुपर्ने भएको छ ।

विराजसहित उनका छोरा समीर भट्टलाई ट्रेलरमा एक्सन अवतारमा देख्न सकिन्छ। ट्रेलरले १२ गाउँ नामको एक थलोको रुपमा सामन्ती जमिनदार र शोषित जनताबीचको कथा भन्छ। जहाँ साम्राज्यमा समिर राज गर्न लागिपरेको ट्रेलर हेर्दा थाहा हुन्छ।

यो समिरको डेब्यु फिल्म समेत हो। फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार स्टन्ट शिल्भा,  न्यान्सी खड्का र सनिशा भट्टराईको अभिनय छ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको फिल्ममा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ।



प्रतिक्रिया दिनुहोस्