Logo

रविसँग मुकुलको हारगुहारः साधारण सदस्य नहटाइदिनुस्



काठमाडौं, १५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री डा. मुकुल ढकालले आफूलाई पार्टीको साधारण सदस्यबाट नहटाउन भन्दै हारगुहार गरेका छन् । उनले आफूमाथि गरिएको कारबाहीबारे पुनर्विचार गर्न भन्दै निवेदन दिएका छन् ।

कम्तीमा पनि रास्वपाको साधारण सदस्यता कायम राखिदिन उनको आग्रह छ । ‘मलाई पार्टीको साधारण सदस्यबाट हटाउने गरी भएको मिति २०८१/०५/११ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई पार्टीको साधारण सदस्य कायम गरिपाउँ,’– उनले दिएको निवेदनमा भनिएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्