Logo

पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा



काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल एक्स (ट्विटर) एक पोस्ट गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

साथै आफ्नो कप्तानीप्रति उनले खुसी व्यक्त गरेका छन् । आफ्नो कप्तानी करियरलाई बाबरले शानदार भनेका छन् । राजीनामा घोषणा गर्दै उनले समर्थकहलाई धन्यवाद दिएका छन् । ‘मैले पाकिस्तानी पुरुष क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिने निर्णय लिएको छु,’ बाबरले लेखेका छन् ।

उनले कप्तानी छाडेर आफ्नो खेलमा ध्यान दिने समय आएकाले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । ‘टिमको नेतृत्व गर्न पाउनु सम्मानको कुरा हो । तर, मेरो लागि कप्तानी छोडेर आफ्नो खेलमा ध्यान केन्द्रित गर्ने समय आएको छ,’ उनले लेखेका छन् ।

आफ्नो करियरलाई महत्त्व दिने बताएका बाबरले परिवारलाई पनि समय दिने बताएका छन् । ‘म तपाईंहरूको साथ र मप्रितको विश्वासको लागि आभारी छु । तपाईंहरूको उत्साहले मेरो लागि महत्त्व राख्छ,’ उनले लेखेका छन् ।

कप्तानीबाट राजीनामा दिए पनि एक खेलाडीका रूपमा टिममा योगदान जारी राख्ने उनको भनाइ छ । यो अवधिमा सबै मिलेर पाएको उपलब्धिप्रति आफूलाई गर्व लागेको उनले उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्