Logo

छविलाल जोशीको बन्दीप्रत्येक्षीकरण निवेदनमा सुनुवाइ हुँदै, श्रेष्ठ र मुसलमानको इजलासमा पेशी



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोर्खा मिडियाका तत्कालीन प्रवन्ध निर्देशन छविलाल जोशीलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दीप्रत्येक्षीकरण रिटमाआज सुनुवाइ हुँदैछ । सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र अब्दुल अजीम मुसलमानको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

जोशीको हकमा अधिवक्तासमेत रहेका उनका छोरा रोचक जोशीले जिल्ला प्रहरी कार्यालय कास्की र कास्की जिल्ला अदालतलाई विपक्षी बनाएर आइतबार रिट दायर गरेका थिए । यसअघि सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ ओदश जारी गरेको थियो ।

जोशी १२ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन् । जोशीलाई जिल्ला अदालतले पहिलोपटक ५ दिन र दोस्रो पटक ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।



प्रतिक्रिया दिनुहोस्