Logo

संघीयता र धर्म निरपेक्षतामा जनमत सङ्ग्रह गर्न माग गर्दै सर्वोच्चमा रिट दायर



काठमाडौं । संविधान संशोधन गरि धर्म निरपेक्षता र संघीयताबारे जनमत संग्रह गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

मंगलबार अधिवक्ताद्धय ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले संयुक्तरुपमा रिट दायर गरेका हुन् । सो रिटको प्रारम्भिक सुनुवाइका लागि बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेशी तोकिएको छ ।

संविधान जारी भएर कार्यान्वयनमा गएको नौ वर्ष पूरा भएर १० वर्ष लागिसक्दा पनि संविधानका विभिन्न धारामा धेरै तहमा असन्तुष्टी बढेको भन्दै रिट दायर गरेको रिट दायरकर्ताले उल्लेख गरेका छन् । धर्मनिरपेक्षता र संघीयताको बारेमा समाज नै विभाजित भएको र संविधानमा नागरिक अपनत्व घटेको उनीहरुको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्