Logo

विपद् व्यवस्थापनमा सक्रिय हुनुपर्ने प्रधानमन्त्री अमेरिका घुमेर बसेः सूर्यमान दोङ (भिडिओसहित)



काठमाडौं, १६ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यमान दोङले रोशी खोलामा सञ्चालित अवैध क्रसर र सरकारले गहिरो अध्यायन अनुसन्धान नगरी अनुमति दिएको क्रसर उद्योगका कारण बाढी पहिरोले विकराल रुप लिएको बताएका छन् ।

आज (बुधबार) नेपाली रेडियो नेटवर्कका नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जथाभावी सडक निर्माण, सडक निर्माणमा डोजरको प्रयोग, भू–कम्पका कारण भूमि कमजोर बनेको कारण पनि यस्तो अवस्था आएको भएपनि मूल कारण क्रसर नै देखिएको बताएका हुन् ।

अहिलेको प्राकृतिक विपत्तिबाट बाहिर निस्किन सरकारसँगै पैसा भएपनि नियत नरहेको उनले बताए । अहिले काभ्रेपलाञ्चोकका विभिन्न बाटोहरु बनाउने, पहिरो पन्छाउनेलगायतका कामहरु भइरहेको उनले बताए । नेता दोङ स्थानीय सरकारहरु विपद् व्यवस्थापनमा लागे पनि पर्याप्त नरहेको बताए ।

यस्तो विपत्तिको बेलामा सरकार अमेरिका घुमेर बसेको उनले टिप्पणी गरे । विपदको अवस्थामा राज्यको ध्यान केन्द्रीकृत हुन नसकेको उनले बताए ।

नेता दोङका अनुसार काभ्रेपलाञ्चोकमा अहिलेसम्म बाढी पहिरोमा परी ६२ जनाको मृत्यु भइसकेको छ । अझैं १०/१५ जना बेपत्ता रहेको नेता दोङले बताए । चौरी देउराली, तिमाल, नमोबुद्धलगायतका क्षेत्रमा बढी क्षति भएको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्