Logo

अख्तियारका आयुक्तले ७ दिनको तलव बाढी पीडितलाई दिने



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुले पनि बाढी पहिरोबाट प्रभावित बनेका नागरिकको लागि सहयोग गर्ने भएका छन ।

अख्तियारले आयोगका प्रमुख आयुक्त र आयुक्तको सात दिन,सचिवको पाँच दिन, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरुको तीन दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीहको दुई दिन र अन्य कर्मचारीहरुको एक दिनको तलब बरबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

गत शुक्रबार र शनिबार परेको अवीरल वर्षात्का कारण देशका २८ जिल्ला नराम्ररी प्रभावित बनेका छन् । हालसम्म २२८ जनाले ज्यान गुमाइसकेका छन् भने २५ जना हालसम्म पनि वेपत्ता नै छन् । करिव ४ हजार जनाको सकुशल उद्धार भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्