Logo

उमेर हदको विवाद नमिलेपछि अनेरास्ववियु क्रान्तिकारीको बन्दसत्र स्थगित



काठमाडौं । काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र आजलाई स्थगन गरिएको छ।

अब बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन: सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

असोज १० गते उद्घाटन भएको सम्मेलन उमेर हदका विषयमा अल्झिएर लम्बिइरहेको हो। संगठनमा रहन पाउने उमेरहद ३२ वा त्यो भन्दा कम तोक्ने वा उमेरहद नै नराख्ने भन्ने विषयमा विवाद भइरहेको हो।

विवाद नटुंगिएपछि त्यसको समाधान गर्ने जिम्मेवारी उपमहासचिव शक्ति बस्नेतले पाएका थिए। छलफलबाट पनि समाधान ननिस्केको हो खासगरी अध्यक्षलगायतका प्रत्यासी रहेका विद्यार्थी नेता उमेरहदका पक्षमा छैनन्। उमेरहद लगाउँदा उनीहरू सबै बाहिरिने र नयाँले अवसर पाउने स्थिति छ। यस्तोमा तल्लो तहका प्रतिनिधि उमेरहद लागू गर्नुपर्ने पक्षमा छन्।



प्रतिक्रिया दिनुहोस्