Logo

प्रस्तावित प्रधानन्यायाधीश राउतले पेश गरे २४ बुँदे कार्ययोजना



काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ सुरू भएको छ। संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरू भएको हो। उनीविरूद्ध समितिमा ६ वटा उजुरी परेका छन्। समितिले राउतविरूद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो।

राउतविरुद्ध आफ्नै श्रीमती ललिता राउतलाई झगडीया बनाएको देखि नेपाली कांग्रेसप्रति झुकाव राख्दै छोराका हत्या अभियुक्तलाई साधारण तारेखमा छाडेकोसम्मका उजुरी परेको छ । चितवनकी एक महिलाले जग्गा सम्बन्धीको विवादमा राउतको इजलासको फैसलाले आफूलाई बिल्लीबाठ पारेको भन्दै उजुरी दिएकी छन् भने संसदीय निर्वाचनको दिन बाजुरमा हत्या गरिएका चेतन एडीका बाबु गगन एडीले राउत कांग्रेसप्रति बफादार बनेर फैसला गर्ने न्यायाधीशर हेको भन्दै अनुमोदन नगर्न माग गर्दै उजुरी दिएकाछन ।

यता राउतले सुनुवाइका क्रममा सम्पूर्ण आरोपको खण्डन गरेका छन् । उनले न्यायालय सुधारका योजनासहित २४ बुँदामा कार्ययोजना प्रस्तुत गरेका छन् । मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्मका विषयलाई समेट्दै उनले सुनुवाइ समितिमा योजना पेस गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्