Logo

प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुनुवाइ जारी, सुरुमै सुनाए डिभोर्सको कहानी



काठमाडौं, १६ असोज । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ जारी रहेको छ । संसदीय सुनुवाई समितिमा उपस्थित भएर उनले कार्ययोजनासमेत पेश गरिसकेका छन् । उनले परिचयकै क्रममा आफ्नो निजी जीवनमा उठेका विषयमा प्रष्ट पारे ।

ृउनले श्रीमती र आफूबीचको सम्बन्ध सुमधुर हुन नसक्दा २०७७ मंसिर १० गते डिभोर्स भएको बताए । महिला अस्मिताको लागि, सम्मानको लागि, प्रतिष्ठाको लागि यो विषय योभन्दा बढ्ता उजागर गर्नु उपयुक्त नहुने उनले सुनाए ।

‘माननीयज्यूहरुलाई मेरो दाम्पत्य जीवनको बारेमा पनि संशय आउनसक्छ भनेर अगाडि नै परिचयको खण्डमा जोड्न चाहेको छु । दुर्भाग्यवस हाम्रो दाम्पत्य जीवन सुमधुर हुन सकेन । हामीले अलग–अलग बस्ने निर्णय गर्यौं । २०७७ मंसिर १० गते डिभोर्स गर्यौं । आज महिला अस्मिताको लागि, सम्मानको लागि, प्रतिष्ठाको लागि यो विषय योभन्दा बढ्ता उजागर गर्नु उपयुक्त हुन्छजस्तो मलाई लाग्दैन,’– उनले भने ।

प्रस्तावित प्रधानन्यायाधीश राउतकी श्रीमती ललिता कुमारी राउतले अर्काको बच्चलार्य आफ्नो हो भनी जन्मदर्ता गराएको आरोप लागेको थियो । प्रस्तावित प्रधानन्यायाधीश राउतका बुबाले दिएको उजुरीको आधारमा ललितालाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसपछि उनीहरुबीच सम्बन्धविच्छेद भएको थियो । तर, प्रस्तावित प्रधानन्यायाधीश राउतकै मिलेमतोमा अर्काको बच्चा आफ्नो हो भनी जन्मदर्ता गराइएको आरोप लगाउँदै समितिमा उजुरी परेको थियो ।

अधिवक्ताबाट न्यायाधीशमा नियुक्ति भएपछि आजसम्म आफूले ९ हजार २ सय ४५ मुद्दा फैसला गरेको, विभिन्न समितिमा बसेर काम गरेको बताए । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्