Logo

न्यायाधीशको निगरानी गर्नेदेखि बिचौलियाको अन्त्यसम्म, यस्तो छ प्रस्तावित प्रधानन्यायाधीश राउतको १५ पन्ने योजना (पूर्णपाठ)



काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आफ्नो कार्ययोजना पेश गरेका छन् । आज बसेको संसदीय सुनुवाइ विशेष समितिमा राउतले १५ पेजको आफ्नो कार्ययोजना पेश गरेका हुन् । राउते आफ्नो कार्ययोजनामा न्यायपालिका सूधारका लागि बिचौलियाको नियन्त्रण गर्नेदेखि न्यायाधीशको सुक्ष्म निगरानी गर्नेसम्मको उल्लेख रहेको छ ।

उनले समितिमा बुझाएको लिखित कार्ययोजनामा अनलाइनमार्फत अनियमितता र गुनासोउपरको उजुरी सुन्न सकिने प्रणाली विकास गर्ने, न्यायपालिकामा न्यायिक सदाचारको प्रवर्धनका लागि सूचकको तोकेर मूल्यांकनको प्रणाली विकास गर्ने, न्यायपालिकामा सुशासनको प्रवर्द्धनसम्बन्धी नीतिगत विषयहरूमा निर्देशन गर्न सुशासन तथा सदाचार प्रवर्धन समितिको स्थापना गर्ने लगायत प्रतिबद्धता उल्लेख गरेका छन्।

उनले न्याय परिषद्बाट हुने न्यायाधीश नियुक्तिलगायतका काम कारबाहीलाई प्रभावकारी बनाउने कुरामा आफूले ध्यान केन्द्रित गर्ने योजना पनि सुनाए । न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि आफू त्यत्तिकै सचेत र संवेदनशील रहेको भन्दै उनले न्यायालयमा तय गरिएका कार्ययोजना कार्यान्वयनका लागि बजेट, जनशक्ति लगायतका विषयमा देखिएको समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय र सहकारी अघि बढ्ने बताएका छन् ।

यस्तो छ समितिसमक्ष राउतले पेश गरेको कार्ययोजना



प्रतिक्रिया दिनुहोस्