Logo

पाँच लाख छ हजार नगदसहित १३ जुवाडे पक्राउ



काठमाडौं, १६ असोज । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका मित्रनगरस्थि त्रिपुरा सुन्दरी होटल एण्ड लजबाट १३ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई सो होटलको कोठा नं.४०१ मा जुवा खेलिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रहरीले जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडेसहित नगद, कौडा, मोबाईल बरामद गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक तेमाल–६ का २८ वर्षीय सोमबहादुर तामाङ, सिन्धुपाल्चोक ईन्द्राबती– २ का ५० वर्षीय कृष्णबहादुर भुजेल, काठमाडौं, गोकर्णेश्वर– ५ का ५१ वर्षीय राज कक्षपति, ५० वर्षीय गोकुल चौलागाई रहेका छन् ।

त्यसैगरी, काभ्रेपलाञ्चोक मन्डनदेउपुर–२ का ३७ वर्षिय चित्रबहादुर तामाङ, झापा दमक–७ का ४६ वर्षका गंगाराम पाठक, काभ्रेपलाञ्चोक पाँचखाल–५ का ४५ वर्षिय केशव नेपाल, खोटाङ खोट्याहाङ–९ का ३९ वर्षिय चक्र बहादुर राई, काभ्रेपलाञ्चोक तेमाल–८ का ३१ वर्षियतेन्जिङ लामा, मोरङ बिराटनगर–६ का ४७ वर्षिय सोहन कुमार मिश्र, काभ्रे तेमाल– १ का ३४ वर्षीय फुर्साङ तामाङ, रोसी–३ का २६ वर्षीय खामसाङ लामा र रौतहट चन्द्रनिगाहपुर– ६ का ४२ वर्षीय विवेक लामा पनि पक्राउ परेका छन् ।



प्रतिक्रिया दिनुहोस्