Logo

नेविसंघको संयोजनमा ल क्याम्पस र ल फर्मबीच पारिश्रमिकसहित इन्टर्नसीप गराउने सहमति



काठमाडौं, १६ असोज । नेपाल विद्यार्थी संघको संयोजनमा त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पस र ल फर्मबीच पारिश्रमिकसहित इन्टर्नसीप उपलब्ध गराउने सहमति भएको छ । आज (बुधबार) कानुन संकायका डीन डा. कृष्णप्रसाद बस्यालको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

आज आस्था ल एण्ड रिसर्च सेन्टर र क्याम्पस प्रमुख अर्जुनप्रसाद लामिछानेले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । प्रति इन्टर्न मासिक १५ हजार पारिश्रमिक उपलब्ध गराइने छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल ल क्याम्पसका सचिव मनोज सिंह, नेविसंघ नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसका सभापति मोहम्मद माजिद प्रवेज, नेविसंघ केन्द्रीय सदस्य एवं इन्टर्नशीप संयोजक पारस बस्नेतलगायतको सहभागितामा समझदारी पत्रमा हस्ताक्ष भएको हो ।



प्रतिक्रिया दिनुहोस्