Logo

राष्ट्रपति पौडेलले पनि राखे शीतल निवासमा जमरा



काठमाडौं । बडादशैं २०८१ का अवसरमा पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा वैदिक विधिपूर्वक पूजा अर्चना गरी घटस्थापनासहित जमरा राखेका छन् ।

बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रतीकका रूपमा कलश स्थापना गरी दियो र गणेशको पूजा गरेर राष्ट्रपति पौडेलले जमरा छरेका हुन् ।

आज छरिएको जमरा विजयादशमीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रूपमा मान्यजनको हातबाट ग्रहण गरिने परम्परा छ ।



प्रतिक्रिया दिनुहोस्