Logo

कतार च्यारीटी र इस्लामिक रिलिफ जस्ता मुस्लिम संस्थाको पैसामा कांग्रेस नेता मुसलमानको हालिमुहाली, करोडौं अपचलन



काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अतहर कमाल मुसलमान अध्यक्ष रहेको कतार च्यारिटी नामक अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाको कपिलवस्तुस्थित शाखा लुम्बिनी एकिकृत विकास संस्थामा करोडौं अपचलन भएको पाइएको छ । उनले कतार च्यारीटी र इस्लामिक रिलिफ जस्ता मुस्लिम संस्थाबाट फण्ड ल्याई ८ वर्षको अवधिमा करोडौं अपचलन भएको पाइएको हो ।

सो संस्थाको अपचलनबारे नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा उजुरी परेको थियो । उक्त उजुरीको आधारमा अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सरकारले जिल्ला प्रशासन कार्यालय तौलिहवा, कपिलवस्तुलाई पत्राचार गरिसकेको छ । जिप्रका कपिलवस्तुले पनि अतहर कमाल मुसलमान अध्यक्ष रहेको संस्थाको कागजात पठाउन भन्दै निर्देशन जारी गरिसकेको छ ।

नेता मुसलमान दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि कपिलबस्तु–२ बाट बागी उठेर निर्वाचित भएका थिए । त्यसपछि पनि उनी कांग्रेसकै राजनीतिमा सक्रिय रहे । २०७४ सालमा कांग्रेसले प्रत्यक्ष टिकट नदिएपछि बागी उठ्न खाजेका उनलाई पछि समानुपातिक सांसदको सूचीमा राखिएको थियो । ०७४ देखि ०७९ सम्म माननीय बनेका नेता मुसलमानले सोही संस्थामा आएको फण्डलाई दुरुपयोग गरी आफ्नो राजनीति गरेको आरोप लागेको छ ।

संस्थाले विगत ८ वर्षदेखि सञ्चालन गर्दै आएको विभिन प्रोजेक्टहरुमा लाखौँ खर्च गरी निर्माण गरीएका चापाकल र शौचालयहरु बन्द भएका, आयआर्जनका लागि सञ्चालन गरीएका पसल, रेष्टुरेन्ट, मौरीपालन, बाख्रापालन व्यवसायहरु बन्द भएका लाभग्राही छनौटमा अनियमिता भएको पाइएको छ ।

त्यस्तै, सो प्रोजेक्टबाट सञ्चालित व्यवसाय हाल बन्द भएका, सिँचाई प्रोजेक्ट कमसल सामानको प्रयोगले भएको, कार्यालयका डाइरेक्टर, कर्मचारीहरुलाई लाभग्राही बनाइ अनियमितता भएको पाइएको छ ।

कतार च्यारीटी र इस्लामिक रिलिफ जस्ता मुस्लिम संस्थाबाट सामाजिक कार्यका लागि अनुदानमा आएको पैसा नेता मुसलमानले राजनितीक फाइदाका लागि प्रयोग गरिरहेका छन् ।

जिप्रका कपिलवस्तुले लुम्बिनी एकिकृत विकास संस्थासँग हालसम्म सञ्चालन भएका विभिन प्रोजेक्टहरुको आय–व्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदनलगायतका कागजात माग गरिसकेको छ । सो संस्थाले ८ वर्षको अवधिमा ४० करोडभन्दा बढीको काम गरेको देखाएर अपचलन गरेको आरोप छ । तर, राजनीतिक पहुँच र संरक्षणमा रहेका मुसलमानले आफू र आफ्नो संस्थाविरुद्ध परेको उजुरी डिसमिस पार्न विभिन्न चलखेल गरिरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्