Logo

भाषण गरेर देश बन्नेभए जमानामै बनिसक्थ्यो, अब काम गरौंः सांसद शाही



काठमाडौं, १७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सरकारी कर्मचारी र जनप्रतिनिधिहरुले नेपालमा उत्पादित कपडा प्रयोग गर्नुपर्ने नीति बनाउन आवश्यक रहेको बताएका छन् । आज (बिहीबार) हिमालयन इन्टरनेश्नल एक्सपो–२०२४ लाई सम्बोधन गर्दै उनले कर्मचारी र जनप्रतिनिधिले नेपालमै उत्पादित कपडा प्रयोग गर्ने हो भने नेपालमा कपडा उद्योगको भविष्य राम्रो रहेको बताएका हुन् ।

त्यस्तै, उनले विदेशबाट आउने कृषि सामाग्रीमा पनि रोक लगाउनुपर्ने बताए । भाषणमात्रै गरेर देश नबन्ने र अब काम गर्न आवश्यक रहेको उनको भनाइ छ । राम्रो कामको लागि वर्तमान सरकारलाई राप्रपाको समर्थन रहेको पनि उनले सुनाए ।

‘तपाईँहरु सरकार चलाउनुस्, तपाईँहरुको सरकारलाई हाम्रो साथ, समर्थन छ, अझै अगाडि बढ्नुस् । जम्मा दुई वटा काम गर्दिनुुस् । एउटा, नेपालका सबै सरकारी कर्मचारीहरुलाई, प्रहरी र जनप्रतिनिधिलाई नेपालमा बनेको कपडा लगाउने नीति बनाइदिनुस् । यो गर्नेबित्तिकै नेपालका कपडा व्यवसायीहरु कहाँ पुग्छन् ? जो–जो कपडा नेपालमा बन्छ, त्यो कपडा विदेशबाट ल्याउन प्रतिबन्ध गर्नुुस् । त्यो पनि गर्न सक्नुहुन्न भने कृषिका सामाग्री विदेशबाट आउँछ त्यसलाई रोक्नुस् त । अनि देश कहाँ पुग्छ । काम केही छैन, हामीले भाषण गरेर मात्रै देश बन्ने भएको भए देश जमानामा बनिसक्थ्यो,’– उनले भने ।

अहिले किसानको अवस्था विजोक रहेको उनले बताए । विष प्रयोग गरिएको विदेशबाट आएका तरकारीलाई रोक लगाएर नेपाली किसानलाई प्रोत्सहान गर्नुे उनले बताए । पछिल्लो समय व्यापार घाटा डरलाग्दो रहेको उनले सुनाए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्