Logo

स्थानीय तह उपनिर्वाचनमा कसको पल्ला भारी ? यस्तो छ अघिल्लो पटकको हिसाब-किताब…



काठमाडौं, १७ असोज । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ताको काम सम्पन्न भएको छ भने अन्य कामहरु तीव्र गतिमा अघि बढेका छन् । मंसिर १६ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले असोज १० देखि १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको थियो । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसिर २ मा मनोनयन दर्ता हुनेछ ।

अहिले स्थानीय तहका ३९ पद रिक्त छन् । जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३० वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।

उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् । माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको छ ।

उपनिर्वाचन हुने स्थानमा कस्तो छ दलगत अवस्था ?

मंसिर १६ गते हुने ३९ स्थानमा उपनिर्वाचनमा हालसम्मको अवस्था हेर्दा सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसले एक्ला एक्लै लड्ने निर्णय गरेका छन् भने प्रतिपक्षी दल माओवादी केन्द्र र नेकपा एसले एजेण्डा मिल्ने दलसँग मिलेर चुनाव लड्ने निर्णय गरेका छन् । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक स्थानीय तहको चुनाव लड्ने निर्णय गरेको छ ।

०७९ को स्थानीय निर्वाचनमा यस्तो छ दिवंगत उम्मेदवारले पाएको मत

कीर्तिपुर नगरपालिका राजकुमार नकर्मी

०७९ सालको निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नकर्मीले एमाले उम्मेदवारलाई पराजित गरेका थिए । ९०४३ मत ल्याएर नकर्मी विजयी बन्दा पराजित भएका एमाले उम्मेदवार केशरत्‍न बज्राचार्य ५५०७ मतमा रोकिएका थिए । कीर्तिपुर नगरपालिका बनेदेखि कहिल्यै पनि पराजित नभएको एमालेलाई सत्ता गठबन्धनको बलमा कांग्रेसका नकर्मीले पराजित गरेका थिए ।

जयप्रसाद गच्छदार ग्रामथान गाउँपालिका अध्यक्ष

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष रहेका गच्छदार पनि कांग्रेसबाटै निर्वाचित भएका थिए । ०८० माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनको दिन बेहोस भएर ढलेका उनको उपचारको क्रममा गत महिना निधन भएको थियो । ०७९ को निर्वाचनमा निवर्तमान पालिका अध्यक्षलाई पराजित गरेका थिए । गच्छाद्धारले ७६०५ मत ल्याउँदा पराजित भएका एमालेका शिवनारायण माझी थारु ६०९३ मतमा रोकिएका थिए । ग्रामथानमा पनि कांग्रेसलाई माओवादी लगायतको समर्थन थियो भने एमाले एक्लै लडेको थियो ।

दैलेखको महाबु गाउँपालिका अध्यक्ष – लक्ष्मण गुरुङ

गुरुङ पनि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनको पनि सडक दुर्घटनामा परेर निधन भइसकेको छ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका गुरुङ २९७९ मत ल्याएर निर्वाचित हुँदा पराजित भएका एमालेका हरिप्रसाद उपाध्यायले २५२९ मत पाएका थिए ।

जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख – सरिता सिंह

०८० कार्तिक १७ गते गएको भूकम्पमा परेर सिंहले ज्यान गुमाएकी थिईन् । उनले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर ५४०६ मत ल्याएर निर्वाचित हुँदा एमालेकी सुनिता वोहरा ३३९३ मतमा रोकिएकी थिईन् ।

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष – श्याम तामाङ

सत्ता गठबन्धनबाटै साझा उम्मेदवार बनेका कांग्रेसका श्यामसुन्दर तामाङ ४७४१ मत ल्याएर निर्वाचित हुँदा परािजत भएकी एमालेकी मुना शिवाकोटी केसी ३२८१ मतमा रोकिएकी थिईन् । तामाङको गत वर्ष निधन भएको थियो ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष – मैना जोशी

कांग्रेसबाट निर्वाचित भएकी जोशी पनि सत्ता गठबन्धनकी साझा उम्मेदवार थिईन् । १८१० मत ल्याएर उपाध्यक्ष बन्दा उनकी प्रतिस्पर्धी रहेकी एमालेकी सुलोचनाकुमारी भण्‍डारी बुढाथोकीले १६३७ मत पाएकी थिईन् । जोशीको केही महिनाअघि क्यान्सर रोगबाट निधन भएको थियो ।

हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष – चन्द्रसिंह कार्की

माओवादी केन्द्रबाट निर्वाचित कार्कील गत महिना सडक दुर्घटनामा ज्यान गुमाएका थिए । नेपाली कांग्रेससँगको तालमेलबाट निर्वाचित कार्कीले ३७६२ मत पाउँदा स्वतन्त्र उम्मेदवार नन्दबहादुर रोकायले ३३ मत पाएका थिए । सार्केगाडमा एमालेबाट उपाध्यक्षको उम्मेदवार थिएनन् ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष – भुपिन्द्रा बुढा

माओवादीबाटै निर्वाचित बुढाले पनि गत महिना सडक दुर्घटनामा परेर ज्यान गुमाएकी थिईन् । आमाको स्वास्थ्य उपचार गरेर गृह जिल्ला फर्किँदै गर्दा बुढा सडक दुर्घटनामा परेकी थिईन् । ०७९ को स्थानीय तह निर्वाचनमा एकल रुपमा प्रतिस्पर्धा भएको सो स्थानीय तहमा माओादीकी उम्मेदवार बुढा ४०५९ मत ल्याएर निर्वाचित हुँदा पराजित भएकी कांग्रेसकी कमलाकुमारी मल्लले २०१० मत पाएकी थिईन् ।

यी हुन् उपनिर्वाचन हुने वडाहरु

  • नेपाली कांग्रेसबाट स्थानीय तहमा रिक्त १६ वडाध्यक्ष

तेह्रथुमको लालीगुराँस नगरपालिका ८ नम्बर वडा अध्यक्ष – तेजमान लिम्बू

ओखलढुंगाको मोलुङ गाउँपालिका ५ नम्बर वडा अध्यक्ष – गोपीकृष्ण कार्की

उदयपुरको त्रियुगा नगरपालिका १२ नम्बर वडा अध्यक्ष – चुडाराज काफ्ले

उदयपुरकै बेलका नगरपालिका ९ नम्बर वडा अध्यक्ष – पदम खड्का

सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ नम्बर वडा अध्यक्ष – हरिप्रसाद राय

धनुषाको धनुषाधाम नगरपालिका १ नम्बर वडा अध्यक्ष – विश्वनाथ यादव

रौतहटको राजपुर नगरपालिका ६ नम्बर वडा अध्यक्ष – शेख आलम

काठमाडौंको कीर्तिपुर नगरपालिका १ नम्बर वडा अध्यक्ष – हिरालाल महर्जन

काठमाडौंको काठमाडौं महानगरपालिका १६ नम्बर वडा अध्यक्ष – मुकुन्द रिजाल

नुवाकोटको ककनी गाउँपालिका २ नम्बर वडा अध्यक्ष – तिलक लामा

गुल्मीको मुसिकोट नगरपालिका १ नम्बर वडा अध्यक्ष – मोहन घिमिरे

रोल्पाको रुन्टीगढी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष – टेकबहादुर पुन

बर्दियाको ठाकुरबाबा नगरपालिका ४ नम्बर वडा अध्यक्ष – सूर्यबहादुर विष्ट

रुकुम पश्चिमको सानोभेरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष – अलबहादुर खत्री

डोटीको पूर्वीचौकी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष – पुष्पराज जोशी

कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडा अध्यक्ष – महेन्द्र भट्ट

  • नेकपा माओवादी केन्द्रबाट निर्वाचित रिक्त ६ वडाध्यक्ष

महोत्तरीको रामगोपालपुर नगरपालिका २ नम्बर वडा अध्यक्ष – मुकेशकुमार यादव

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा अध्यक्ष – ललित घलान

कालीकोटको तिलागुफा नगरपालिका ४ नम्बर वडा अध्यक्ष – परबहादुर शाही

जाजरकोटको कुसे गाउँपालिका ७ नम्बर वडा अध्यक्ष – मनबहादुर घर्ती

दार्चुलाको दुहुँ गाउँपालिका ५ नम्बर वडा अध्यक्ष – मनोरथ भट्ट

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका २ नम्बर वडा अध्यक्ष – जसबहादुर श्रीपाली

  • नेकपा एमालेबाट निर्वाचित ७ वडाध्यक्ष

झापाको कन्काई नगरपालिका ६ नम्बर वडा अध्यक्ष – दीर्घबहादुर थापा

सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष – शडानन्द उराब

रौतहटको ईशनाथ नगरपालिका ७ नम्बर वडा अध्यक्ष – शेखखली उल्लाह

गोरखाको गोरखा नगरपालिका ५ नम्बर वडा अध्यक्ष – खिलबहादुर राना

दैलेखको दुल्लु नगरपालिकाको १३ नम्बर वडा अध्यक्ष – बिर्खबहादुर शाही

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ नम्बर वडा अध्यक्ष – नन्दलाल रोका

बझाङको सुर्मा गाउँपालिका ४ नम्बर वडा अध्यक्ष – सर्जन बोहोरा

जनता समाजवादी पार्टी ९जसपा० बाट निर्वाचित रिक्त १ वडाध्यक्ष

रौतहटको गढीमाई नगरपालिका ८ नम्बर वडा अध्यक्ष – रामाग्य राय

  • स्वतन्त्रबाट निर्वाचित एक वडा अध्यक्ष

काठमाडौंको कीर्तिपुर नगरपालिका ४ नम्बर वडा अध्यक्ष – श्यामकुमार अधिकारी



प्रतिक्रिया दिनुहोस्